हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सरकारद्वारा नयाँ नक्सा जारी गरेपछि संविधान संशोधन विधेयक दर्ता

काठमाडौं l मुलुकको राजनीतिक तथा प्रशासनिक नयाँ नक्सा जारी गरेको सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ ।

Advertisement

शुक्रबार दिउँसो बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले शुक्रबार अपरान्ह संघीय संसद सचिवालयमा संविधान संशोधन प्रस्ताव दर्ता गरेकी हुन् ।

Advertisement

लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई समेटेर बुधबार जारी गरेको नयाँ नक्साअनुसार संविधानको अनुसूची ३ मा रहेको निशान छाप संशोधनका लागि सो विधेयक दर्ता गरिएको हो ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)