हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सरकार नक्सा पास गरेर  देशको हितमा एक कदम भए पनि अघि बढ्यो : महासचिव विप्लव

प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ ले दबाबका बीच भए पनि सरकार अतिक्रमित भूभाग समेटिएको नेपालको नक्सा संसदबाट पास गरेर देशको हितमा एक कदम अघि बढेको बताएका छन् ।

Advertisement

आइतबार एक प्रेस वक्तव्य जारी गर्दै विप्लवले भनेका छन्, ‘भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । त्यसविरुद्ध नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी, क्रान्तिकारी शक्तिहरुले निरन्तर संघर्ष गर्दै आएका छन् ।

Advertisement

उक्त जनमत र संघर्षको दबाबमा परेर केपी ओली सरकार २०७७ जेठ ३१ गते उक्त भूभागहरु समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य भएको छ । तथापि सरकार संसद्को यो निर्णय देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ ।’

विप्लवले नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने आफ्नो पार्टीको धारणा रहेको स्पष्ट पारेका छन् ।

उनले आमनागरिकलाई पनि सरकारको मुख नताकेर देशको सार्वभौमिकता र स्वाधिन्ताको पक्षमा हरदम जागरुक रहन अनुरोध गरेका छन् । ‘हाम्रो पार्टी देशमाथि कुनै पनि साम्राज्यवादी अतिक्रमणलाई सहन नगर्ने बरु डटेर प्रतिरोध गर्ने प्रबद्धता स्पष्ट गर्न चाहन्छ,’ वक्तव्यमा भनिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)