हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

सुनसरीमा युवाहरुको शान्तिपूर्ण प्रदर्शन

कमला भट्टराई- झापा/ सरकारले कोरोना परिक्षणमा १० अर्ब रुपया खर्च भएको बताएपनि अहिले सम्म पिसिआर परिक्षण नगरी हेलचक्राई गरेको भन्दै देशव्यापी रुपमा भैरहेको युवाहरुको विरोध प्रदर्शनको क्रम धरानमा पनि शुरु भएको छ ।

Advertisement

शुक्रवार युवाहरुले सरकारको विरोधमा विभिन्न नाराहरु लेखिएको प्लेकार्ड सहित भानुचौकमा भेला भई विरोध प्रदर्शन गरेका हुन । प्रदर्शनमा युवाहरुको उल्लेख्य संख्यामा सहभागीता देखिएको थियो । उनिहरुले कोरोनाको नाममा देशमा भ्रष्टाचार भैरहेको र जनता लाई लकडाउनको नाममा थुनेर राखेको भन्दै विरोध जनाएका हुन् ।

Advertisement

संघीय राजधानी काठमाण्डू लगायत प्रमुख शहरुहरुमा भएको प्रदर्शनमा प्रहरीले व्यापक दमन गर्दै प्रदर्शन विथोल्ने प्रयास गरिएको थियो । धरानमा भने प्रहरी हस्तक्षेत्रमा नभएकाले अप्रिय घट्ना भएन । प्रदर्शन शान्तिपूर्ण रुपमा भएको थियो । प्रदर्शनको आयोजक प्रत्यक्ष रुपमा कोही नदेखीएकाले स्वस्फुर्त रुपमा भएको सहभागीहरुले बताए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)