हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

स्पेनिस ला लिगा अन्तर्गत मेसीको गोलले बार्सिलोनाको सानदार जित

 काठमाडौं, मंगलबार राति स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा लिग लिडर बार्सिलोनाले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा बार्सिलोनाले लेगानेसलाई २–० गोलले पराजित गरेको हो । बार्सिलोनाले घरेलु मैदानमा नै लेगानेसमाथि जित हासिल गर्यो ।

Advertisement

उक्त खेलको ४२ औं मिनेटमा अन्सुमन फातीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । त्यसपछि खेलको ६९ औं मिनेटमा लेगानेसका खेलाडीले मेसीलाई लडाएपछि बार्सिलोनाले पेनाल्टी पायो ।

Advertisement

पेनाल्टीमा मेसीले गोल गर्न सफल भए । जितसँगै बार्सिलोनाले २९ खेलबाट ६४ अंक जोडेको छ भने रियलको ५९ अंक रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)