हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

स्वस्थानी व्रत आज समापन हुँदै

पौष शुक्ल पूर्णिमादेखि प्रारम्भ भएको एक महिने स्वस्थानी व्रत आज माघ शुक्ल पूर्णिमाका दिन विशेष पूजाअर्चना गरी समाप्त हुँदैछ। पौराणिक कथनअनुसार हिमालय पर्वतकी छोरी पार्वतीले स्वस्थानी व्रत बसी महादेव स्वामी पाएको धार्मिक जनविश्वासका आधारमा यो व्रत बस्ने परम्परा रहिआएको छ।

Advertisement

आजका दिन व्रतालुहरुले १०८ यज्ञोपवित, १०८ सुपारी, १०८ पान, १०८ पुष्प, १०८ रोटी, १०८ अक्ष्यतालगायत पूजा सामग्रीले आफूले चिताएको मनोकामना पूरा होस् भनी स्वस्थानी देवीको पूजा गरी विसर्जन गरिन्छ।

Advertisement

स्वस्थानीको व्रत, पूजा, कथा पाठ गर्नाले रोगव्याध निको हुने, बिछोड भएका परिवारजनसँग पुनर्मिलन हुने तथा असल पति प्राप्त हुने जनविश्वास रहेको छ। आज काठमाडौंको साँखुस्थित शालीनदीमा विशेष मेला लाग्ने गर्दछ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)