झापा । कनकाई नगरपालिका–७, हनुमान टोलस्थित पाथीभरा किर्तन मण्डली समाजको आयोजनामा हनुमान जयन्तीको अवसरमा सामूहिक भजन कार्यक्रम सम्पन्न भएको छ।
मण्डलीको आफ्नै भवन परिसरमा सन्ध्याकालीन रूपमा आयोजना गरिएको कार्यक्रममा विभिन्न किर्तन मण्डलीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। कार्यक्रममा कनकाई नगरपालिका–१ को लक्ष्मी नारायण किर्तन समाज, कनकाई–७ का हलेशी किर्तन समाज, सूर्यज्योति किर्तन समाज तथा नवदुर्गा किर्तन समाज लगायतबाट बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम मण्डलीका अध्यक्ष टीका दुलालको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा जेष्ठ अभिभावक रोहिनी गौतम, संस्थापक तथा निवर्तमान अध्यक्ष कमला पराजुली, लक्ष्मी नारायण किर्तन समाजका अध्यक्ष मदन डाँगी, हलेशी किर्तन समाजका प्रतिनिधि विश्वपुरुष बास्कोटा, सूर्यज्योति किर्तन समाजका प्रतिनिधि डिल्लीराम चापागाईं तथा सीता गौतम लगायतको आतिथ्यता रहेको थियो।

कार्यक्रमका क्रममा ‘ज्ञान मञ्च’ पनि सञ्चालन गरिएको थियो, जसले धार्मिक तथा नैतिक शिक्षाको प्रवर्द्धनमा सहयोग पुर्याएको सहभागीहरूले बताएका छन्।
कार्यक्रमको सञ्चालन रिजन तिम्सिनाले गरेका थिए। धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भाव अभिवृद्धि


















