हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दिवारी घटना : विधि र प्रक्रियाबाट गाउँसभा भएको भन्दै ,गाउँसभाका निर्णयहरु कार्यान्वयन गराउन काङ्ग्रेसको अपिल

हल्दिवारी – असार २९ । नेपाली काङ्ग्रेस हल्दिवारी गाउँपालिकाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै असार १० गते हल्दिवारी गाउँपालिकाको सातौं गाउँसभाका दिन भएको घटना प्रती दु :ख व्यक्त गरेको छ ।

Advertisement

बजेटको प्रमाणीकरण र कार्यान्वयनमा प्रश्न उठिरहेका बेला नेपाली कांग्रेस हल्दिबारी गाउँ समितिले प्रेस विज्ञप्ति जारी गरी विधि र प्रक्रियाबाट गाउँसभा भएको भन्दै गाउँसभाका निर्णयहरु कार्यान्वयन गराउन सबैलाई अपिल गरेको छ ।

Advertisement

गाउँ सभापति दिलिप मावोले विज्ञप्ति जारी गरी सबै राजनीतिक दल र सरोकारवालाबीच एकता नभइ विकास संभव नभएको भन्दै त्यसलाई आत्मसात गर्न आग्रह समेत गरेका छन् ।केही दिनअघि नेकपा र नेपाली कांगे्रसबीच गाउँसभाका निर्णय कार्यान्वयन गराउने सहमति भएको थियो ।

उपाध्यक्षकाे अध्यक्षतामा भएको सभा विधि समबत भएको निस्कर्ष काग्रेशकाे विज्ञप्तिमार्फ पनि जनाएको छ,अब अार्थिक विधेयक र विनाेयजन विधेयक अध्यक्षले प्रमाणीकरण तुरुन्त नगरे साउन १ गते बाट हल्दिवारी गाउँपालिकाको प्रशासनिक काम काजहरु ठप्प हुनेछ्न।

हेर्नुस् नेपाली काङ्ग्रेस हल्दिवारी गाउँपालिकाले निकालेको प्रेस विज्ञप्ति –

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)