हल्दिबारी डटकम
Hover Ad Article
स्वास्थ्य
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

हल्दीबारी -१ मा  ६७ औ कुष्ट रोग दिवश  सम्पन्न

गोलधाप १२ माघ – हल्दीबारी गाउँपालिका श्वास्थ्य शाखाको आयोजनामा ६७ औ विश्व कुष्ठ रोग दिवस तथा अन्तरकृया कार्यक्रम  “कुष्ट रोग विरुद्दको हाम्रो अभियान भेदभावको अन्त्य मानव अधिकारको सम्मान”  वडा नं. १ का वडाध्यक्ष श्री त्रिलोचन सापकोटाको सभापतित्वमा सम्पन्न भएको छ।

Advertisement

Advertisement

अन्तरकृया कार्यक्रममा अध्यक्ष सापकोटाले कुष्ट रोग जस्ता रोग लागेमा हेलच्याक्राई नगरी तुरुन्त श्वास्थ्य संस्थामा चेक जाँच गराई आफु परिवार र समाजलाई समेत सुरक्षित राख्न आवह्रान गर्नु भयो ।

उक्त कार्यक्रममा हल्दीबारी श्वास्थ्य शाखा प्रमुख पुस्कर निरौलाले कुष्ट रोग रोगथाम र उपचारको बारेमा जानकारी दिनु भएको थियो ।कार्यक्रममा स्वागत मन्तब्य सामाजिक बिकास शाखाका प्रमुख तृष्णा थापा मगरले गर्नु भएको थियो भने कार्यक्रमको सहजिकरण १ नं. वडा श्वास्थ्य चौकी प्रमुख याम प्रसाद न्यौपानेले गर्नु भएको थियो ।

अन्तरकृया कार्यक्रममा कार्यपालिका सदस्य सरिता न्यौपाने, गिता भण्डारी वडा सदस्य मनोज पोख्रेल,कुमारी विश्वकर्मा,प्रहरी चौकी जलथलका प्रमुख भरत कोईराला लगायत कुष्ठ रोगी तथा अपाङ्गता भएका १०० एक सय  जना भन्दा बढीको उपस्थिती रहेको थियो ।सोही अवसरमा स्थानिय सरकारले लागु गरेको अपाङ्गता परिचय पत्रको वितरण वडाध्यक्ष सापकोटाबाट सुरु गरिएको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)