हल्दिबारी डटकम
Hover Ad Article
शिक्षा
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

१२ वर्षमा एकपटक सम्भोगका लागि मात्रै आफ्नो स्थान परिवर्तन गर्ने,वैज्ञानिकले भेटे सय वर्षसम्म बाँच्ने दुर्लभ जीव

दक्षिण पूर्व युरोपको देश बोस्निाया र हर्जेगोविनामा पानीभित्र भएका ५ गुफामध्ये एकमा एक दुर्लभ स्यालामेन्डर ९स्थानीय नाम बेबी ड्र्यागन० भेटिएको छ । यो पछिल्लो २ हजार ५ सय ६९ दिन ९७ वर्ष भन्दा बढी० समयदेखि हल्लिएको पनि छैन ।वैज्ञानिकले लामो समयसम्म निगारानी गरेपछि उक्त जीव ओल्म्स ९प्रोटियस एग्निस० नामको उभयचर स्यालामेन्डर भएको पत्ता लागेको छ ।

Advertisement

आँखा नदेख्ने उक्त जीवले आफ्नो सय वर्ष पानीभित्रै बिताउने बताइएको छ । यो जीव स्लोवेनियादेखि क्रोएशियाजस्ता देशमा पनि पाइन्छ । ओल्म्सले करिब १२।५ वर्षमा एकपटक सम्भोगका लागि मात्रै आफ्नो स्थान परिवर्तन गर्ने वैज्ञानिकले बताएका छन् ।गुफा जीवनको अध्ययन गर्ने जीव वैज्ञानिकका लागि यो राम्रो खबर हो किनभने क्रोएशियामा सात हजार बढी यस्ता दुर्गम गुफा छन् जुन मानिसको पहुँचभन्दा टाढा छ ।

Advertisement

यहाँ स्यालामेन्डरको शरीरको अंश ९डीएनए र इडीएनए० पानीमा घोलिएपछि बाहिर आएको हो ।हंगेरियन नेचुरल हिस्ट्री म्युजियमका ज्यूडिट वोरोसले भने, ‘यसअघि यस्ता जनावरको कल्पना मात्रै गरिएको थियो । यहाँ भारी वर्षाका कारण यी जीव गुफाबाट बाहिर आएपछि मात्रै हामीले यसलाई देखेका हौं । अन्यथा यिनीहरुलाई हेर्न हामीले गोताखोरी गरेर गुफाभित्रै जानु पर्दथ्यो । तर अब हामी गुफाको पानीमा भएको अंश हेरेरै यिनीहरु कहाँ छन् भनेर पत्ता लगाउन सक्छौं  ।

१० गुफामा स्यालामेन्डर छन्ः 

वोरोसका अनुसार उनको समूहले एक प्रविधीको प्रयोग गरेर स्यालामेन्डरको ‘इन्भारोमेन्टल डिएनए’ परीक्षण गरेका हुन् । यो प्रविधी यसअघि वन्य जीवमा प्रयोग गरिएको थियो तर गुफामा पाइने प्रजातिमाथि भने यो पहिलो पटक प्रयोग भएको हो । यसका लागि सन् २०१४ को गर्मीमा १५ गुफाभित्रको पानीको स्याम्पल जम्मा गरिएको थियो । प्रत्येक गुफाबाट २ लिटर पानी लिएर पेपर फिल्टर गरेर ई डिएनए निकालियो । त्यसपछि १० गुफामा स्यालामेन्डर भएको पत्ता लागेको बताइन्छ ।एजेन्सी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)