काठमाडौं । अमेरिकामा एक नेपाली युवा सुतेकै ठाउँमा मृत भेटिएका छन् । बाग्लुङ नगरपालिकाका ३१ बर्षीय सुनील केसी कोठामा सुतेकै अवस्थामा मृत भेटिएका हुन् ।

उनी मेरिल्याण्ड राज्यको बाल्टिमोरमा बस्दै आएका थिए । दुई दिनदेखि काममा नआएपछि सहकर्मीहरूले खोजबिन गर्दा ढोका नखोलिएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले ढोका खोल्दा उनी मृतअवस्थामा भेटिएका थिए।

उनको मृत्यु के कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।