हल्दिबारी डटकम
Hover Ad Article
धर्म
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

अर्जुनधारा जलेश्वर धाममा विशेष पुजा सुरु, धामकाे गतिविधि पत्रकार सम्मेलन मार्फत जानकारी

हल्दिबारी, २५ असार । झापाको अर्जुनधारा जलेश्वर धाममा आजबाट सोमबार ( बोलबम ) धार्मिक मेला सुरु भएको छ । पुर्वान्चल क्षेत्रको गहनाको रूपमा धार्मिक पर्यटकीय स्थल बन्न सफल यस जलेश्वर धामलाई संस्कृती तथा पर्यटन मन्त्रालयले पर्यटकीय स्थलको रूपमा सुचिकृत गरेको छ भने नेपाल सरकारले हुलाक टिकक प्रकाशित गरेर यसको महत्त्व विश्व सामु हिन्दु बिच पुर्याउने काम गरेको छ ।

Advertisement

आज विशेष पूजा अर्चना गरेर   धार्मिक ( बोलबम ) पर्व सुरु भएको जलेश्वर धाम समितिले पत्रकार सम्मेलन  मार्फत जानकारी दिएको छ्न ।

Advertisement

२०२३ सालमा सिद्ध तपस्वी मौनव्रती खडेबाबाको प्रेरणाबाट स्थापित शिवालय स्थापनाको ५८ वर्षमा आइपुग्दा पूर्व क्षेत्रको धार्मिक आस्था र पर्यटकीय क्षेत्रको केन्द्रको रुपमा स्थापित भइसकेको छ । संस्कृति तथा पर्यटन मन्त्रालयमा पर्यटकीय स्थलको रुपमा सूचिकृत भइसकेको यस धाममा वार्षिक लाखौं धार्मिक पर्यटकहरू आउने गरेको धामका अध्यक्ष नवीन गट्टानीले पत्रकार सम्मेलनमा जानकारी दिएका छ्न ।

पत्रकार सम्मेलनमा जलेश्वर धामको धार्मिक तथा सास्कृतिक अवस्था , विकास निर्माणको अवस्था ,आर्थिक अवस्था ,सामाजिक अवस्था र भावी योजनाहरुको सम्बन्धमा जानकारी गराइएको थियोे ।

अर्जुनधारामा हरेक वर्ष बालाचतुर्दशी, शिवरात्रि, श्रावणी पर्व, अक्षय तृतीया, शिव पार्वती विवाह महोत्सव, ऋषि तर्पणी, हरितालिका तिज, श्रीकृष्ण जन्माष्टमी, ऋषि पञ्चमी, दशैँ, तिहार, वसन्तपञ्चमी, गुरु पूर्णिमा, शनि जयन्ती, छठ पर्व, सूर्य उपासना, मंगल चतुर्थी, हनुमान जयन्ती, राम नवमी, नाग पञ्चमी लगायतका पर्वहरूमा विशेष पूजा र मेला आयोजना हुने गरेको छ ।
आगामी श्रावणी पर्वमा यस बर्ष पुरुषोत्तम मास परेकाले दैनिक कथा प्रवचन, शिवजीमा जलार्पण, रुद्राभिषेक, महाप्रसादको ब्यवस्था गरिएको पंडीत अग्नि सिग्देलले बताए । भक्तजनको सुबिधालाई मध्यनजर गर्दै यसबर्ष पालको ब्यवस्था गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष केशव भट्टराईले पनि आफ्नो भनाई प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन धामका महासचिव शिव खतिवडाले गरेका थिए ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)