हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कथा ‘बास्तबिक छोरी ‘

पुजनले बिहेको पहिलोहप्ता कसरी बित्यो पत्तै पाइन , जहाँ उसलाई माया गर्ने सम्झाउने एक साथी जस्तै श्रीमान रमेश पाएकि छ ! भने दोस्रो तर्फ ३-३ आमाजु दिदिहरु जसले एक बहिनी जसरी साथी जस्तै नै गरेर नयाँ घरमा बाताबरण सृजना गरिदिए !

Advertisement

एकमात्र सासू घरमा कडा छिन जस्तो पुजनलाई लाग्यो ! किनकि बिहान समयमा उठ्ने , खानेको समय , सुत्नेको समय, सबै नियम अनुसार चलेको देखेर यस्तै महसुस भैरहेको थियो ! पुजन यस्तै सोचेर बसेकी थिइ त्यतिकैमा थाहा लाग्यो कि आज तिनैजना आमाजुहरु आफ्नो घर जादैछन… ! उसको मुटु काप्न थाल्यो.. सबै साथी समान दिदिहरु गएपछि .. उ घरमा एक्लै हुन्छे ! आज सम्म उनिहरुको साथमा हाँस्दै खेल्दै जिस्कदै समय कटेको थाहै हुदैन थियो ! तर अब…. रमेश अफिस जान्छ .. त्यसपछि घरमा म र सासुआमा .. काहीँ म बाट गल्तिभयोभने !

Advertisement

म सँग सासू रिसाइनभने … काहीँ उसको नियममा खोट निस्कियोभने… भन्दै साडिको एक छेउको पल्लु अम्लाले घुमाउदै पुजन आँखामा आएको आँसु रोक्ने प्रयास गर्दै थिइ … ! त्यसै समय सासुआमाले बोलाइन: पुजन.. हजुर ममि.. यो लेऊ आफ्नो दिदिहरुलाई उपहार दिएर खुशिसाथ बिदाइ गर… ! ममि यो काम हजुर नै गर्नुहोस् किनकि हजुर म भन्दा ठूलो हुनुहुन्छ हामी सबैको मान्य हुनुहुन्छ …!

हेर बुहारी अब आमा छोरिको च्याप्टर पुरानो भैसक्यो अब आमाजु बुहारिको नयाँ च्याप्टर सुरु गर… देख्दै छौ नि दिदिहरु .. आमा अहिले देखि नै बुहारिको सपोर्ट लागेर बोल्न थाल्नुभयो .. सानी आमाजु दिदिले भनिन ! हो सहि भन्यौ सानी .. हामी आमा छोरिको च्याप्टर बन्द सासु बुहारिको सुरु.. त्यसपछि अजुरआमा नातिको च्याप्टर .. कि कसो भन्दै ठुली आमाजु दिदी बोलिन ! धत बाठिहरु .. हाँस्दै आमाले भन्नुभयो: यो च्याप्टर त आमा छोरिको हो! तिमिहरु जसरी जो एक-एक गर्दै आगन पोलेर घर सुन्ने पारेर गयौं.. !

यो मेरो असली बुहारी हो मेरो अन्तिम सास रहेसम्म म सँग नै रहन्छे ! भन्दै सासूले बुहारी पुजनको हातलाई आफ्नो हातमा लिएर केही मायालु भावमा दबाइन… आँसुले भिजेको आँखा लिएर बुहारी पुजन झटै सासुआमालाई अंकमाल गरि ! र भनी: आमा मलाई आफ्नो स्नेह , ममतामयी आँचलबाट कहिले टाढा नगर्नुहोस् ! मेरो हरेक गल्तिलाई अम्ल्याउनुहोस तर कहिल्यै म देखी रिसाएर बोल्नै बन्द चाहिँ नगर्नुहोस् !

म हजुरकी छोरी हुँ ! मलाई छोरिकै दर्जा दिएर राख्नुहोस् ! हजुरको पाउमा रहन्छु.. यो छाया कहिले मेरो शिरबाट नहटाउनुहोस् ! सासूआमाले बुहारी पुजनलाई चुम्दै भनिन: यस्तो कहिले हुँदैन मेरो छोरी तिमी नै मेरो वास्तविक असली छोरी हौ !!

आमा हामी पनि जान्छौं आफ्नो असली आमा हुनेठाउँ भन्दै तिनैजना आमाजु दिदिहरु हाँस्दै आँखाभरी आँसु लिएर आआफ्नो घर गए !

–  सन्तोप कार्की  ,तस्बिर : पुजन कार्की

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)