हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कविता : “निर्माण “

दक्षशक्ति विदेश पठाई देश कहिले सम्म बनाउछौ तिमिले
अरूको प्रगति कहाँ पुगि सक्यो कहिले समाउछौ तिमिले ?

Advertisement

पूर्खाले राखि दिएको ईज्जत पनि जान लागि सक्यो आज
पूर्खाले झैं पराईका माझ कहिलेसम्म जमाउछौ तिमिले  ?

Advertisement

देशको जङ्गे पिल्लरहरू आज दिनदहाडै हराईरहँदा पनि

नबोलिकन विपक्षिलाई कहिले सम्म मनाउछौ तिमिले ?

चिप्ला कुरा गरि शत्रुले तिम्रा छातिमा किल्ला ठोकि सके
देशको चिन्ता लिएझै गरि कहिले सम्म कनाउछौ तिमिले ?

उठ्न ढिला भैसक्यो ए महासय देशलाई छातिमा राखि
जनताको माझ बदनाम कहिलेसम्म कमाउछौ तिमिले ?

-बैराागी बोहोरा
भरतपुर-११, चितवन

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)