हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको कविता : ” मनका कुरा”

निर्जिबमा। मन कहाँ हुन्छ र
मन बिनाको जिब हुन्न
मन त तनमा हुन्छ
जहाँ तन छरत्यहाँ मन छ
मन कसैलाई नबोलाउने
मन हावा न हो
कोमल,अदृश्य र मलमल ।
मन नरम मात्र होइन
आणबिक अशस्त्र भन्दा घातक हुन्छ
राम बाण हो मन
अर्जुन दृष्टि पनि हो मन
बेगमा मेघ गर्जन हो मन
क्षणभरमै आकाशमा बिचरण गर्ने
र, सागर तलमा खेल्ने मन
मनको बेग टाढा र नजिक
कल्पनामा पनि तरंगित हुन्छ मन ।
मानिसको मन
पशु पंछीको पनि मन
किट पतंक,जलचर, थलचर
सबैमा हुन्छ यो मन
तर कसैको मनरकसैसंग नमिल्ने
स्वच्छ, स्वतन्त्र र स्वस्फुर्त ।
मन चल,अचल र चंघल
तीन अबस्थामा अडिग छ मन
जब यो अमन हुन्छ
यसलाई चलाउन सक्ने
अर्को शक्ति नै हुदैन
जब यो चंचल हुन्छ
उनको चंचलतालाई
छेक्न र रोक्न सक्ने
र, छेकबार लगाउने साहास हुन्न
मन ज्ञानी पनि हो
ध्यानी पनि हो
हुन्छ, अति कपट र दुष्ट पनि
वीर अनि पराक्रमी पनि
मन ठूलो र विशाल हुनुमा
मन फाटेको,
टुटेकोलाई जोड्न सक्छ पनि ।

Advertisement

कमला भट्टराई
भद्रपुर,झापा चोक

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)