हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आजको गजल : “जलेको जिन्दगी “

वाहा ? केही छैन साथी गुजरामा चलेको छ जिन्दगी
बाहिर मुख हाँसे पनि भित्र भित्र जलेको छ जिन्दगी

Advertisement

हेर उद्देश्य त मेरो ऊ त्यो चन्द्रमालाई छुन पुग्नु थियो
तर शिथिल छ यो मन भित्र भित्र गलेको छ जिन्दगी

Advertisement

टालटुल गरि जतन संग सिलायको छु यो मनलाइ
देख्न मात्रै हो बाहिर लछ्क्क फलेको छ जिन्दगी

छिरेन रोशनी दिल भित्र छैन कत्ती पनि मन खुशी
छरेकी छु कृतृम मुस्कान ढपक्क बलेको छ जिन्दगी

धेरै १उच्छ थियो मनोबल अती सुन्दर थिए सपनाहरु
दिएन साथ भाग्यले मलाइ गर्लम्ब ढलेको छ जिन्दगी

✍️दुर्गा थापा मगर बुटवल

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)