हुदैन रैछ गाउँ कसैगरि सहर जस्तो
अरुको बोलिवचन रहेछ कर जस्तोनौ महिना पेटमा राखेर दियौं ममता
हुन्न त्यो साथ पर आफ्नो घर जस्तोसाथीसंगी टाढा छु, अन्जान ठाउँमा
कसरी हुन सके पिपल र वर जस्तोदुरि धेरै बढ्यो भने प्यारो मित्रताको
फोटो हेरि रहनु नसम्झिनु पर जस्तोयतै प्राण त्यागे भने नरुनु है कहिले
महसुस गर्नु हावाको बेगसरर जस्तो
सरिता “अनन्त यात्री “डिबुटी, काठमाडौं
