हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

आज स्विट्जल्यान्डसँग ब्राजिल तथा उरुग्वेसँग पोर्चुगल भिड्दै

काठमाडौं, मंसिर १२ – फिफा विश्वकप २०२२ अन्तर्गत आज समूहमा दोस्रो चरणका अन्तिम खेल हुँदैछन्।आज दिउँस ३स्४५ बजे क्यामरुन र सर्विया बिच खेल हुँदै छ भने ब्राजिल र स्विट्जरल्यान्डबीच ९: ४५ बजे खेल हुनेछ।

Advertisement

समूह ‘जी’ मा ब्राजिल र स्विट्जरल्यान्ड तथा क्यामरुन र सर्वियाबीच भिडन्त हुँदैछ।समूहमा ब्राजिल र स्विट्जरल्यान्डले पहिलो खेलमा जित निकालेका थिए।त्यसैले दुवै टिम आजको खेलमा जित निकालेर अन्तिम १६ मा पुग्ने योजनामा छन्। पहिलो खेलमा पराजित भएका सर्विया र क्यामरुनका लागि भने अन्तिम १६ मा पुग्न आजको खेल महत्वपूर्ण छ।

Advertisement

दक्षिण कोरिया र घाना ६स्४५ बजे भिड्दा पोर्चुगल र उरुग्वेबीचको खेल मध्यराति १२स्४५ बजे हुनेछ। जो यस्तै समूह ‘एच’ मा छन् । पोर्चुगलले पहिलो खेलमा घानालाई हराएको थियो भने दक्षिण कोरिया र उरुग्वेले बराबरी खेल्दै अंक बाँडेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)