मेष(Aries)चु, चे, चो, ला, लि, लु, ले, लो, अ
कतै घुमघाम गर्ने योजना बन्न सक्छ । कुनै कुराको आकस्मिक लाभ हुनेछ । समयानुसार काम गर्न पाउँदा मन प्रसन्न रहनेछ ।

वृष(Taurus)इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
विभिन्न माध्यमबाट काममा सहयोग पुग्नेछ । प्रायोजित रूपमा काम सम्पन्न गर्न लागि परिनेछ । कुनै कुराले गर्दा मन ढुक्क रहला ।

मिथुन(Gemini)का, कि, कु, घ, ङ, छ, के, को, ह
कुनै कुराले नजानिँदो गरी व्यस्त बनाउला । नयाँ साथीसित कतै भेटघाट हुन सक्छ । सकेसम्म सबै कुरामा अद्यावधिक हुन खोजिनेछ ।

कर्कट(Cancer)हि, हु, हे, हो, डा, डि, डु, डे, डो
चित्त नबुझेको कुरामा मौन बस्नु नै उचित हुनेछ । खुरापाती व्यक्तिबाट तर्किनु लाभप्रद हुनेछ । नबोली नहुने कुरामा मात्र मत अभिव्यक्त गर्नु राम्रो लाभ होला ।

सिंह
(Leo)मा, मि, मु, मे, मो, टा, टि, टु, टे
कुनै कुराले मन उत्साहित रहनेछ । सबैले तपाईँको कुरा बुझी काम गर्ने प्रयत्न गर्नेछन् । कुनै कुराको लाभ हुनेछ ।

कन्या
(Virgo)टो, प, पि, पु, ष, ण, ठ, पे, पो
कसैको साथ लागेर कतै जाने काम आइलाग्ला । कुनै काम सम्पन्नताले मन ढुक्क रहला । कुनै कुराको आकस्मिक लाभ हुन सक्छ ।

तुला(Libra)र, रि, रु, रे, रो, ता, ति, तु, ते
इच्छानुसार समयलाई तह लगाउन खोजिनेछ । कुनै नयाँ काम गर्ने मौका मिल्न सक्छ । कुनै कुरामा आर्थिक लाभ हुन सक्छ ।

वृश्चिक(Scorpio)तो, ना, नि, नु, ने, नो, या, यि, यु
कसैको कुरामा बढी गम्भीर नभएकै राम्रो हुनेछ । प्रतिस्पर्धात्मक काममा संलग्न हुने मौका मिल्नेछ । समयावस्था विचारेर बोल्नु नै उत्तम रहला ।

धनु(Sagittarius)ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
समयावस्था विचारेर चल्न खोजिनेछ । कुनै कामको योजना बन्न सक्छ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न सक्छ ।

मकर(Capricorn)भो, ज, जि, खि, खु, खे, खो, गा, गि
कुनै आत्मीयजनसित भेट्ने मौका मिल्नेछ । कुनै कुराको आकस्मिक लाभ हुन सक्छ । कुनै नयाँ काम गर्ने योजना बन्न सक्छ ।

कुम्भ(Aquarius)गु, गे, गो, सा, सि, सु, से, सो, द
अनपेक्षित रूपमा कुनै कुरामा व्यस्त भइनेछ । समयावस्था विचारी प्राथमिकतामा ध्यान दिनुपर्ला । रक्तचापका बिरामीले स्वास्थ्य र खानपानमा ध्यान दिनुपर्ला ।

मीन(Pisces)दि, दु, थ, झ, ञ, दे, दो, च, चि
कामको परिणाम के कसो होला भनी मन चिन्तित रहला । सकेसम्म सबै कुरामा अद्यावधिक भइनेछ । नबोली नहुने कुरामा मात्र मुख खोल्नु उचित हुनेछ ।

तपाईं सबैको दिन शुभ रहोस।🙏

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार