हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

आफ्नै वर्तमान : नकुल काजी

आफ्नै वर्तमान : नकुल काजी

Advertisement

पहिला पनि पटक–पटक
समसामयिक परिस्थितिको पाषाण अदालतमा
भक्ति र स्तुतिका शब्दहरू खोजिएर
काउछोकै जातको ’दरपिठ’ भोगेको
तर, अहिले अदालतमा दर्ता त भएको
दर्ता भइसकेको ला…मो फेरादपत्र !…
……चार बीस एक बित्ता लामो फेरादपत्रमा
कुनै पनि होस् न किन ?
’एउटा कुनै गिरोह–सापेक्ष देखिनुपथ्र्याे नि !’
हो त्यो शब्द छुटेर
अर्थात् ,
समयोचित सप्ल्याँटा शब्दहरू नपुगेर
’निरपेक्ष भावनाद्वारा निर्देशित’ भन्ने ठहर भई
हारेको मुद्दा जस्तै –
मेरा यो वर्तमान !

Advertisement

गाँजा,भाङ, धतुरो र भित्तीका पुच्छर खाइहिंड्ने
निकम्मा भइसकेका ’पङ्स’–हरूको हुद्दा जस्तै
मेरो यो वर्तमान !

सञ्चित खातामा दाम सिद्धिएर
भुक्तानी काउन्टरबाट फर्काइएको चेक जस्तै !
सयौ इष्टमित्रहरूको भीडमा पनि लाग्दैछ –
एक्लोपनको शून्यताले बिदीर्ण अभेक जस्तै
मेरो यो वर्तमान !

गेट–किपरले वेपर्वाह च्यातेर फिर्ता थमाउने
सिनेमा हलको अद्र्धकट्टी टिकट जस्तै
(के काम त्यो खोस्टोको !?!) ….
र, दाहसंस्कारपछि उदास मलामीहरू
निन्याउरा अनुहारका छाँयामा ’मनोभाव’–हरू दफन गर्दै
चिया–नास्तामा लागेका खिन्न ’विकट’ जस्तै
मेरो यो वर्तमान !

गाडी पर्खिंदा–पर्खिंदा बल्ल आयो
भेट्न कुद्दाकुद्दै हार खुवायो
र, क्लान्त–उद्विग्न बनेको मुहार जस्तै
बलात्कारले पवित्र चीर लथालिङ्ग भएकी लज्जावती किशोरीले –
बलात्कारीसँगै गरिरहेकी गुहार–पुकार जस्तै
मेरो यो वर्तमान ––
भड्किरहेछ !
खट्किरहेछ !
पोलिइरहेछ ! …..
कहिले मुलायम कल्पनाको उडानभित्र
र, कहिले क्रूरतम् यथार्थको जर्कटे गेगरमाथि
उदास, अनुतप्त, अँध्यारो….
प्रियजनको चोला उठेको घर–प्राङ्गणमा कहालिएको ’तिहार’ जस्तै
मेरो यो वर्तमान !

सँगैका साथी–सङ्गीहरू मान्छेको मानिसबाट भाग्दै
पन्सिएर प…र–पर पुगे
र, शक्तिको सिंहासन हाँक्ने भए
र, उनका बोलीहरूको महिमा भयो
म ’सत्य’–को सुकोमल काखमा भोक न निद्रामा अललिएछु
र, मेरो रुग्न दैनिकी ….
सदा कागजको खेतमा अक्षर रोपाइँको रमिता भयो
अन्ततः मेरो बोलीको यस्तै कविता भयो !

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)