हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

आफ्नो करियरमा मेसीले पुरा गरे ७ सयौं गोल, रोनाल्डोले कति गरे ?

काठमाडौँ । विश्व चर्चित खेलाडी तथा बार्सिलोनाका कप्तान लियोनेल मेसीले आफ्नो करियरमै ७ सयौं गोल पुरा गरेका छन् । मंगलबार राति भएको खेलमा गोल गरे लगत्तै उनले ७ सय गोल पुरा गरेका हुन् । उनले एटलेटिको म्याड्रिडविरुद्धको खेलमा पेनाल्डीमार्फत गोल गरेका थिए ।

Advertisement

उनले आफ्नो जन्मदिनको दिन भएको खेलमा गोल गरी सात सयौं गोल पुरा गर्ने दाउमा थिए । तर उनले उक्त खेलमा गोल गर्न सकेका थिएनन् । तर मंगलबार एटलेटिको म्याड्रिडविरुद्धको खेलमा उनले खेलको ५०औ मिनेटमा पेनाल्टीमार्फत गोल गरी सात सयौं गोल पुरा गरेका हुन् । यस्तै अर्का चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डोले अहिलेसम्म ७२८ गोल गरेका छन् ।

Advertisement

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)