हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

आर्सनललाई पराजित गर्‍यो उद्घाटन खेलमै ब्रेन्टफर्डले

गएराति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको उद्घाटन खेलमा ब्रेन्टफर्डले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा ब्रेन्टफर्डले आर्सनललाई २(० गोलले पराजित गरेको हो ।

Advertisement

खेलको २२ औं मिनेटमा ब्रेन्टफर्डका सर्जी कानोसले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा खेलको ७३ औं मिनेटमा क्रिस्टियन नोर्गार्डले गोल गर्दै ब्रेन्टफर्डलाई जित दिलाए ।

Advertisement

खेलमा आर्सनलले गोल गर्ने धेरै मौका पाएको थियो । तर गर्न सकेन । जितसँगै प्रिमियर लिगको ५० औं क्लब बनेको ब्रेन्टफर्डले डेब्यु खेलमा ३ अंक जोडेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)