हल्दिबारी डटकम
Hover Ad Article
अर्थ
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

ऋषि सुनक गोल्डम्यान स्यासमा वरिष्ठ सल्लाहकारमा नियुक्त

बेलायतका पूर्वप्रधानमन्त्री ऋषि सुनक अमेरिकी बहुराष्ट्रिय लगानी बैंक गोल्डम्यान स्यासमा वरिष्ठ सल्लाहकारका रूपमा नियुक्त भएका छन्।

Advertisement

बैंकले एक विज्ञप्ति जारी गर्दै सुनकलाई विश्वभर रहेका आफ्ना ग्राहकहरूलाई आर्थिक र भूराजनीतिक विषयमा सल्लाह दिने भूमिकामा नियुक्त गरिएको जनाएको छ।

Advertisement

सुनक यसअघि बेलायतको प्रधानमन्त्री बन्नुअघि पनि यही बैंकमा काम गरिसकेका थिए। बैंकका प्रमुख कार्यकारी अधिकृत डेभिड सोलोमनले भनेका छन्, “ऋषि सुनकको अद्वितीय अनुभव र समष्टिगत आर्थिक दृष्टिकोणले बैंकका ग्राहकहरूलाई महत्त्वपूर्ण रणनीतिक निर्णयहरू लिन सहयोग पुग्नेछ।”

सुनक सन् २०२२ को अक्टोबरमा बेलायतको प्रधानमन्त्री बनेका थिए। तर, सन् २०२४ को जुलाईमा भएको आम निर्वाचनमा कन्जर्भेटिभ पार्टी पराजित भएपछि उनले प्रधानमन्त्री पद र पार्टी नेतृत्व दुबैबाट राजीनामा दिएका थिए। उनलाई लेबर पार्टीका नेता केयर स्टारमरले पराजित गरेका थिए।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)