हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

एटलेटिको म्याड्रिड र सेभिया बराबरीमा रोकिए

स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिड र सेभिया बराबरीमा रोकिएका छन् । गएराती सम्पन्न खेलमा एटलेटिको र सेभिया २(२ गोलको बराबरीमा रोकिएका हुन् ।

Advertisement

घरेलु मैदानमा बराबरीमा रोकिएपछि एटलेटिकोले लिगको टप चारमा उक्लिने अवसर फेरी एक पटक गुमाएको छ । एटलेटिकोका लागि जोआओ फेलिक्स र अल्भारो मोराटाले एक एक गोल गरेका थिए भने सेभियाका लागि लूक डि जोंग र लुकास ओकाम्पोसले एक एक गोल गरेका थिए ।

Advertisement

यो बराबरीपछि सेभियाको २७ खेलमा ४७ अंक छ र लिगको तेस्रो स्थानमा छ भने एटलेटिको भने २७ खेलमा ४५ अंकसहित पाँचौ स्थानमा रहेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)