हल्दिवारी , १६ साउन। नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहित ४ दलले घोषणा गरेको संघर्षका कार्यक्रम अन्तर्गत एमसिसी, एसपीपी र आइपिएस सम्झौताकाे विरुद्ध झापामा मसाल जुलुस निकालेको छ। मसाल जुलुसमा उत्रिएका नेताकार्यकर्ताले जेलमा रहेका पार्टीका कार्यकर्ताकाे रिहाइको माग समत गरेका छन्,।
झापाको विर्तामोड स्थित सनिश्चरे रोडबाट शुरु भएको मसाल जुलुस मुक्ति चोक परिक्रमा गर्दै कोणसभामा परिणत भएको थियोे । उक्त कोणसभालाई नेपाल कम्युनिस्ट पार्टी झापाका कार्यालय सचिव सञ्जय राई र जिल्ला सचिव प्रशान्त थापाले सम्बोधन गरेका थिए ।
कोणसभालाई सम्बोधन गर्दै उनिहरुले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) र स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) दुबै ईण्डो प्यासिफिक स्ट्राटेजी (आईपीएस) अमेरिकी सैन्य रणनीतिको मुख्य अंग भएको र नेपालको राष्ट्रियताबिरुद्ध रहेकोले संयुक्त संघर्ष गर्नुपरेको बताए ।
आईपीएस, एमसीसी र एसपीपी सम्पूर्ण रुपले परियोजनाको नाममा नेपालमाथि अमेरिकी साम्राज्यवादको शृङखला भएको दाबि गर्दै जिल्ला सचिव थापाले भने,-“हालै गठबन्धनकाे सरकारले नागरिकता विधेयक ल्याएर अर्को राष्ट्रघात गरेको र दलाल संसदीय व्यवस्था बचाउन जस्तोसुकै राष्ट्रघात गर्न यो सरकार तयार छ। ”
विप्लव सहितका ४ दलले संयुक्त संघर्षका कार्यक्रम घोषणा गरेका थिए । जसमध्ये साउन १० गते, संयुक्त पत्रकार सम्मेलन, साउन १३ गते देशब्यापी कोणसभा, साउन १५ गते देशब्यापी मसाल जुलुस, साउन १८ गते काठमाण्डौंमा अन्तरकृया र साउन २१ गते प्रदेश सदरमुकाम र काठमाण्डौंमा बिरोध प्रदर्शन रहेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार