हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

एमसीसीका बारेमा नेकपाभित्र चरम मतभेद, प्रधानमन्त्रीले भन्दैमा पार्टीले मान्नु पर्छ भन्ने छैनः प्रमुख सचेत गुरुङ

 काठमाडौं, जेठ १२। नेकपाको संसदीयका प्रमुख सचेतक देव गुरुङले पार्टीको निर्णय विना एमसीसी पारित हुन नसक्ने दावी गरेका छन् । सरकारले वा प्रधानमन्त्रीले भन्दैमा पार्टीले मान्नु पर्छ भन्ने नभएको तर्क गर्दै उनले सरकारले वा प्रधानमन्त्रीले पार्टीको निर्णय मान्नु पर्ने बताए।

Advertisement

उनले बहुदलीय व्यवस्थामा पार्टीको निर्णय सर्वोपरी हुने दावी गरे । “सत्तारुढ दलको निर्णयलाई सरकारले कार्यान्वयन गर्ने हो, राष्ट्रिय महत्व र दिर्घकालिन असर पर्ने निर्णय गर्दा पार्टीको निर्णय अनिवार्य हुन्छ,” गुरुङले भने ।

Advertisement

अहिलेकै अवस्थामा एमसीसी पारित गर्नु राष्ट्रघाती हुने दावी गर्दै उनले कुनै हालतमा पारित हुन नदिने अठोट व्यक्त गरे । एमसीसीलाई अमेरिकाले नै आफ्नो सैन्य परियोजना अन्तर्गतकै विषय भनेर भनिसकेकाले सैन्य परियोजनालाई पारित गर्न नहुने उनले उल्लेख गरे ।

नेपाल सरकारले र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सैन्य परियोजना होईन भनेपनि पत्याउन सकिने आधार नरहेको नेता गुरुङको भनाई छ । एमसीसीका बारेमा पार्टी भित्र चरम मतभेद रहेको स्विकार गर्दै उनले पार्टीमा व्यापक छलफल भएपछि जे निर्णय हुन्छ, त्यही अनुसार गर्नु पर्नेमा जोड दिएका छन्।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)