राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

एमालेद्वारा राईलाई विश्वासको मत नदिन ह्वीप

प्रदेश १ को प्रदेशसभा बैठक सुरू भएको छ । हिजो (मंगलबार) बस्ने भनिएको बैठक विप्लव समूहको बन्दको कारण स्थगित भएपछि आज (बुधबार) को लागि सारिएको थियो ।

Advertisement

त्यस्तै बैठकमा आज मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिने तयारी छ । तर प्रमुख प्रतिपक्षी एमालेले राईलाई विश्वासको मत नदिने निर्णय गरेको छ । एमालेले सर्वदलीय दलको बैठक बसेर राईलाई विश्वासको मत नदिन र विपक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । प्रमुख प्रतिपक्ष दल नेकपा एमाले प्रदेश १ का सांसद हिक्मतकुमार कार्कीले विश्वासको मत लिन किन हतारिएको भन्दै प्रश्न गरेका छन् ।

Advertisement

उनले सत्ता गठबन्धनको सरकारले मंसिर १५ गतेसम्म विश्वासको मत लिन सक्ने बताए । ‘सत्ता गठबन्धन जोगाउन, होटल खर्च जोगाउन, र सांसदहरुलाई अड्काउन गाह्रो भएकाले हो की रु यो कुरा हामी राम्रोसँग बुझ्छौ’ कार्कीको टिप्पणी छ । त्यसैगरी प्रदेश १ नेपाली काँग्रेस संसदीय दलका नेता राजीव कोइरालाले मुख्यमन्त्री राईको पक्षमा मतदान गर्न पनि सांसदहरुलाई आग्रह गरेका छन् ।

यस्तै प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पक्ष, प्रतिपक्ष नभनी आफूलाई विश्वासको मत दिन सबै प्रदेशसभा सदस्यहरुलाई आग्रह गरेका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article