समाचार
हल्दिबारी संवाददाता १ दिन अगाडि

गेउरिया खोलामा पक्की पुल निर्माण सम्पन्न, वर्षायामको सास्ती अन्त्य हुने आशा

अभिषेक खतिवडा/ झापा, साउन

Advertisement

​कमल गाउँपालिका–५ र ६ को सीमावर्ती मंगलबारे बजारपूर्व काँटा चोक नजिकै रहेको गेउरिया खोलामा पक्की पुल निर्माण सम्पन्न भएको छ। पुल निर्माणसँगै लामो समयदेखि वर्षायाममा स्थानीयवासीले भोग्दै आएको आवागमनको सास्ती हटेको छ।

Advertisement

​यसअघि कजवे पुलबाट आवतजावत हुँदै आएको उक्त क्षेत्रमा बर्खामा खोलाको बहाव बढ्दा आवतजावत ठप्प हुने गरेको थियो। नयाँ पक्की पुल सञ्चालनमा आएसँगै साविक तोपगाछी र लखनपुर क्षेत्रलाई जोड्ने कृषि सडक भएर दमकसम्मको यात्रा सहज र सुरक्षित बनेको छ।

​पुल निर्माणले स्थानीयवासी, किसान र सर्वसाधारणको वर्षौँदेखिको सास्ती दीर्घकालीन रूपमा समाधान भएको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले बताए। “यो पुलले साविक तोपगाछी र लखनपुरलाई जोड्नुका साथै दमकसम्मको पहुँचलाई थप सहज बनाएको छ,” अध्यक्ष राईले भने।

​कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको रु. १ करोड ३१ लाख ४६ हजार लागतमा पुल निर्माण गरिएको हो। पुलबाट सवारीसाधनको आउजाउ सुरु भइसकेको छ भने बाँकी रहेको रङरोगनको काम पनि छिट्टै सकिने मन्त्रालयले जनाएको छ।

​कृषि उपज बजारीकरणका लागि महत्त्वपूर्ण मानिएको यस सडकखण्डमा पुल बनेपछि स्थानीय किसानहरू बढी लाभान्वित भएका छन्।

​पछिल्लो समय गाउँपालिका अध्यक्ष राईको नेतृत्वमा कमल गाउँपालिकाले भौतिक पूर्वाधारका साथै शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन क्षेत्रको एकीकृत विकासलाई प्राथमिकता दिँदै आएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article