समाचार
हल्दिबारी संवाददाता ३ महिना अगाडि

विद्युतीय कसुर मुद्दामा अभियान्ता वेदीका केसी पक्राउ

​काठमाडौं । प्रहरीले अभियान्ता वेदीका केसीलाई पक्राउ गरेको छ। नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई बिहीबार काठमाडौंबाट नियन्त्रणमा लिएको हो।

​साइबर ब्युरोका प्रहरी उपरीक्षक (एसपी) दिलीप गिरीका अनुसार केसीविरुद्ध विद्युतीय कसुरसम्बन्धी मुद्दामा अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ।

​आफूलाई धर्मभित्र व्याप्त गलत प्रवृत्तिको भण्डाफोर गर्ने अभियान्ताका रूपमा चिनाउँदै आएकी वेदीका पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा थिइन्। उनले दिएका अभिव्यक्ति र प्रस्तुतिलाई लिएर कथावाचिका राधिका दासीले ब्युरोमा उजुरी दिएकी थिइन्। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)