समाचार
हल्दिबारी संवाददाता १ दिन अगाडि

रौतहटमा खुकुरी प्रहार गरी महिलाको हत्या, आक्रोशित स्थानीयको कुटाइबाट आरोपित गम्भीर घाइते

रौतहट ।रौतहटको गुजरा नगरपालिकामा एक महिलाको खुकुरी प्रहार गरी हत्या भएको छ। स्थानीय ५० वर्षीय चन्देश्वर साह कलवारकी ४५ वर्षीया श्रीमती रेनुदेवी जयसवालको घाँटीमा खुकुरी प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ।

Advertisement

​घटनामा संलग्न रहेको आरोपमा ३५ वर्षीय उपेन्द्र साह कलवारलाई स्थानीयवासीले नियन्त्रणमा लिई कुटपिट गर्दा उनी गम्भीर घाइते भएका छन्।

Advertisement

​प्रहरीका अनुसार बाराको करैयामाई गाउँपालिका–८ स्थायी घर भई मृतककै घरमा डेरा गरी बस्दै आएका ३५ वर्षीय उपेन्द्र साह कलवारले आपसी विवादका क्रममा रेनुदेवीमाथि खुकुरी प्रहार गरेका थिए।

​रौतहटका प्रहरी प्रवक्ता नायब उपरीक्षक (डीएसपी) बसन्त गौतमका अनुसार दुवैजनाबीच भएको भनाभन र विवाद उग्र बनेपछि खुकुरी प्रहार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गम्भीर घाइते भएकी रेनुदेवीको घटनास्थलमै मृत्यु भएको थियो।

​घटनालगत्तै आक्रोशित बनेका स्थानीय टोलेले आरोपित उपेन्द्रलाई नियन्त्रणमा लिएर कुटपिट गरेका थिए। स्थानीयको कुटाइबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि सुरुमा चन्द्रपुर अस्पताल लगिएको थियो।

​त्यहाँ प्राथमिक उपचारपछि थप उपचारका लागि उनलाई वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएको र हाल प्रहरी नियन्त्रणमै उपचार भइरहेको डीएसपी गौतमले जानकारी दिए। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article