हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

‘एमालेले जहाँ टेक्छ, त्यहाँ विकास गर्छ’

नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको राष्ट्रिय राजनीतिमा एमालेले असाधारण भूमिका निर्वाह गरेको दाबी गरेका छन् । झापा निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने सुखानीको सालबाडी पार्कमा हिजो ९बुधबार० आयोजना गरिएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेकपा ९एमाले० विचार, संगठन, काम र कार्यक्षमतामा देशको प्रमुख पार्टी भएको बताएका हुन् ।

Advertisement

उनले भने,‘‘एमाले जहाँ पुग्छ, त्यहाँ विकास गर्छ, महत्वपूर्ण काम गर्छ, जहाँ टेक्छ त्यस ठाउँलाई परिवर्तन गर्छ भन्ने कुरा यस ठाउँँको विकासले पनि बताएको छ ।’सत्ताधारी गठबन्धनले उम्मेदवार नपाएर एमालेकै कार्यकर्तालाई लगेर उम्मेदवार बनाएको बताउँदै ओलीले देशमा परिवर्तनका लागि साढे चार दशक योगदान गरेका एमाले उम्मेदवार देवराज घिमिरेलाई यस क्षेत्रका दैलो दैलोले चिन्ने हुँदा आगामी निर्वाचनमा जित सुुनिश्चित रहे पनि अत्यधिक मतका साथ विजयी बनाउन आग्रह गरे।

Advertisement

नेता घिमिरेले राजनीतिमा ४७ वर्ष बिताए पनि अहिलेसम्म अवसर नपाएको तर्फ उल्लेख गर्दै उनले भने,‘देवराज घिमिरे राजनीति गरौं गरौं जस्तो लागेर, माननीय हौं हौं जस्तो लागेर एकैचोटी आएको मान्छे होइन, उहाँ वर्षौं अघि नै मेची अञ्चलका चारै जिल्लाका आधाभन्दा बढी घरमा पुग्नुभएको छ । उहाँलाई यहाँ घरदैलो गरिरहनुपर्ने समेत आवश्यकता छैन ।’

उनले एमालेले लामो समय जनसेवामा लागेका योग्य नेताहरुलाई उम्मेदवार बनाएकाले झापा क्षेत्र नम्बर २ का मतदाताले प्रतिनिधि सभा र प्रदेश सभाका तीनै जना उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी बनाउने विश्वास व्यक्त गरे । झापा नम्बर २ मा एमालेबाट प्रतिनिधि सभा सदस्यमा देवराज घिमिरे र प्रदेश सभा सदस्यमा एकराज कार्की र चिन्तन पाठक उम्मेदवार हुन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)