विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बुधवार बस्दैछ । भोलि बुधवारको बैठकका लागि माधव नेपाल पक्षका ११ जनाबाहेक अन्यलाई सूचना गरिएको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

‘कारवाहीमा परेका ११ जना मध्येका केन्द्रीय सदस्यबाहेक अन्यलाई नियन्त्रण गरिएको छ,’ तामाङले भने । नेता नेपाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाक्री लगायत ११ जनालाई निमन्त्रणा गरिएको छैन । महाधिवेशन आयोजक कमिटीको बैठक बुधवार बिहान ११ बजे बालुवाटारमा बस्ने तय भएको छ ।

कर्णाली प्रदेशमा ‘फ्लोर क्रस’ गरेको, बागमती प्रदेशमा पार्टीको उम्मेदवारको विपक्षमा मतदान गरेको तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको भन्दै नेपालसहित ११ जना कारवाहीमा परेका थिए ।

नेताहरू योगेश भट्टराई, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे लगायतलाई बुधवारको बैठकमा सहभागिताको लागि सूचना गरिएको छ । ‘भोलिको बैठकमा सहभागी हुनेबारे उहाँहरू छलफलमा जुट्नुभएको सूचना पाएका छौं,’ संस्थापन पक्षका एक नेताले भने ।

बुधवारको बैठकमा पूर्व माओवादी पृष्ठभूमिका रामबहादुर थापा, टोपबहादुर रायमाझी लगायतका नेताहरू भने सहभागी हुनेछन् । सचिव तामाङले रामबहादुर थापा लगायतका नेताहरू बैठकमा सहभागी हुने जानकारी दिए । अहिलेको एमाले नेकपाको उत्तराधिकारी पार्टी भएकाले एकतापछि एमालेमा रहेका नेताहरू बैठकमा सहभागी हुने संस्थापन पक्षले बताएको छ ।

बुधवारको बैठकले नेकपा एमालेलाई जेठ २ गतेको अवस्थामा फर्काउने निर्णय लिने अपेक्षा गरिएको छ । बुधवारको बैठकको तयारी स्वरूप एमाले स्थायी कमिटीको बैठक मंगलवार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजेपछि बैठक बस्न लागेको छ । बैठकले महाधिवेशन आयोजक कमिटीको एजेण्डा तय गर्ने सचिव तामाङले बताए ।

यसअघि नेकपा एकता भंग भएपछि गत फागुन २८ गते बसेको एमाले बैठकले २०७८ मंसिरमा पार्टीको दशौं महाधिवेशन गर्ने भन्दै केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार