हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

ओली र प्रचण्डबीचको विवाद समाधान तर्फ, ६ सदस्यीय कार्यदल बन्यो

काठमाडौं । सत्तारुढ दल नेकपाको आन्तरिक विवाद समाधान उन्मुख बनेको छ । महिनौं दिनदेखि देखिएको विवाद समाधानका लागि भन्दै लगातार भएको अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलले कार्यदल गठन गरेको छ ।

Advertisement

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार भएको ओली र प्रचण्डबीचको छलफलले ६ सदस्यीय कार्यदल गठन गरेको हो ।सो कार्यदलमा पार्टीका महासचिव विष्णु पौडेल, स्थायी कमिटी सदस्य एवं प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, जनार्दन शर्मा, भीम रावल, पम्फा भुषाल र सुरेन्द्र पाण्डे छन् ।

Advertisement

शुक्रबार भएको अध्यक्षद्वय ओली र प्रचण्डको सहमतिमा सो कार्यदल बनेको हो एक सातापछि बिहीबार ओली र प्रचण्डबीचको वार्ता सकारात्मक भएको बताइएको थियो । यसको अघिल्लो दिन ओलीले पाँच दिनभित्र पार्टीको विवाद समाधान हुने अभिव्यक्ति दिएका थिए ।

सरकार र पार्टीको कार्यशैली राम्रो नभएको भन्दै प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल समूहले माग गरेपछि नेकपको विवाद उत्कर्षमा पुगेको छ । ओलीले राजीनामा नदिने अडान राख्दै आएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)