हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

कनकाई- ७ मा काङ्ग्रेसका सिटौला बिजयी

हल्दिबारी ,  जेठ २ /  कनकाई वडा नं. ७ को सम्पन मत गणनाको परिणामबाट वडा अध्यक्षमा काङ्ग्रेसका भिष्मभुषण सिटौला बिजयी भएका छन।

Advertisement

सिटौला उनका निकटतम प्रतिद्वन्द्वी रहेका एमालेका प्रकाश सिवाकोटी लाई हराउदै बिजयी बनेका हुन । सिटौलाले १११५ मत प्राप्त गर्दा सिवाकोटीले ८६७ मत मात्रै ल्याए पछि सिटौला २४८ मत अन्तरले बिजयी बनेका हुन । यस बडामा जम्मा २३२९ मत खसेको थियो ।

Advertisement

यसैगरि महिला सदस्यतर्फ काङ्ग्रेसकै अरुणा सुब्बा ९४८ मत प्राप्त गर्दै बिजयी भएकी छन । दलित महिला सदस्यमा काङ्ग्रेसकै सावित्रा सार्की ८७४ मत र खुल्ला सदस्यमा काङ्ग्रेसका भगन टुडु ६८७ मत ल्याउदै विजयी  भएका छन भने अर्को खुल्ला सदस्यमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका निर्मल अाङ्थुपा लिम्बू  ८९३ मत ल्याउदै विजयी भएका छन ।

यस अघि कनकाईको वडा नं. ६ ,८ र ९ को नतिजा अाईसकेको छ भने अरु वडाको मत गणनाकै क्रममा छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)