हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कबिता: “जीवनकला”

कबिता: “जीवनकला”

Advertisement

शुन्य बाट श्रृष्टि हुन्छ जीवन कला
अन्त्य हुन्छ सारा कला शुन्यतामा,

Advertisement

प्रत्येक ति क्षणहरु जल बिन्दुमा
पल्लवित गराउँछ सारा अन्तर्मन,

निलमय नभको व्योम क्षितिजमा
दृष्टिगोचर हुन्छ शेष ज्योति प्रभा,

चैतन्यतामा नै छ सर्व व्याप्तता
ब्रम्हत्व नै अवलोकितमय सर्वथा,

विश्वम्भर श्रृष्टि आत्म विश्वासमा
उत्सव हर्षान्वीतमय अन्तकरणमा,

जीवन जगतको अनुपम लीला
ब्रम्हाण्डको लोकातीत परीवेश,

जब आलोकित हुन्छ सारा संसार
अनि दृष्टि हुन्छन स्वयं प्रभा युक्त,

सर्वत्र पाषाणका ढिस्काहरू पनि
प्रेमान्जलीको मृगतृष्णामा बेकल,

जीवनका प्रत्येक महत्वपूर्ण क्षण
संकीर्णताको आवरणमा छ लुप्त,

विलोचन द्वय जब हुन्छन बन्धीत
सारा ब्रम्हाण्ड नै स्तब्धतामा प्रतीत,

अकर्मण्यताको परत जब लगाइन्छ
हेर्न अधीर हुन्छन् द्वय विलोचनहरु,

चंचल मनका अनन्त आकांक्षाहरु
आलोकित हुन्छन् सारा दिव्यतामा,

शुन्य बाट हुन्छ श्रृष्टि जीवन कला
अन्त्य पनि सारा कला शुन्यतामा।

✍ दयानन्द गोस्वामी

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)