हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कबिता:-“संकल्पका हातहरु”

कबिता:-“संकल्पका हातहरु”

Advertisement

मुटु भित्र जब ती व्यथाहरु थिए
व्यतीत हुन्थ्ये कैयन सन्ध्याहरु,

Advertisement

आल्हाद हुन लाग्थ्यो जब मनमा
किन विरान हुन्थे मेरा सपनाहरु?

निँन्दरीको शासन चल्दछ जहाँ
फगतमा निरीह हुन्छन् नयनहरु,

त्यही बटबृक्ष त्यही स्वप्निल धरा
संकल्पका हातहरु मिलाए थ्यौं,

हुन्नौ विमुख युग युगान्तर हामी
प्रेमिल सपनाहरु सजाएका थ्यौं,

अथकित पथिकको एकल यात्रा
अरण्य पथ पुष्पाच्छादित थिए,

भावनामा नै मेरा कदमहरु बढदै
किनकी म मेरो लक्ष्यमा दृढ थिएँ,

पुर्विय क्षितिज नि निकट लाग्थ्यो
हरित लाग्दै थियो उदासी संसार,

रंजहरू छँदै थिए जीन्दगानीमा
त्यैपनी सजाई राख्थ्येंँ सपनाहरु,

मुटु भित्र जब ती व्यथाहरु थिए
व्यतीत हुन्थ्ये कैयन सन्ध्याहरु,

आल्हाद हुन लाग्थ्यो जब मनमा
किन विरान हुन्थे मेरा सपनाहरु?

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)