योग राज ढकाल
कुलत र दुर्व्यसनविरुद्ध
चेतनाको उज्यालो बोकेर,
सूचनाको दीप प्रज्वलन गर्दै
सबैलाई जागरणमा जोड्ने
झापामा जन्मिएको र
हुर्कँदै गएको एउटा अभियान हो—
चेतना नेपाल।
सुर्तीजन्य पदार्थ
दुर्व्यसनतर्फको पहिलो खुड्किलो,
नसर्ने रोगहरूको मौन महामारी,
बालबालिका, किशोर–किशोरीदेखि
वृद्धसम्म फैलिएको गहिरो घाउ हो।
अकालमै
हरेक वर्ष २७ हजारभन्दा बढी
सपनाहरूको अन्त्य हुँदैछ,
४७ अर्ब रुपैयाँभन्दा बढी
देशको रगत बगिरहेको छ—
प्रत्यक्ष तथा अप्रत्यक्ष नोक्सानी।
यो तथ्य हो, कल्पना होइन।
नियम–कानुन छन्,
तर कागजमै सीमित छन्।
कार्यान्वयन किन शून्य ?
यो खोजीको विषय हो।
जिम्मेवारी कसको ?
प्रशासन, प्रहरी, पालिका,
राजस्व, शिक्षा, स्वास्थ्य
वा हामी सबैको ?
अब मौन बस्ने समय छैन।
नागरिक खबरदारी,
कानुनको खोज र कार्यान्वयन,
कुलत र दुर्व्यसनविरुद्ध
सामूहिक लडाइँ आवश्यक छ।
चेतना नेपालसँग
हातेमालो गरौँ।
चेतना नेपाल
समस्या मात्र देखाउँदैन,
गुरुयोजना, पाठ्यसामग्री,
प्रशिक्षक र समन्वयसहित
कार्यान्वयनमा समेत
हात बढाइरहेको नाम हो।
अन्त्यमा,
चेतनाको दीप बालौँ,
चेतना नेपालमार्फत
नशा होइन, चेतना रोजौँ।
स्वस्थ समाज निर्माण गरौँ—
मन र छाती ठूलो बनाएर।
५० हजार होस् वा
समय, साथ र सानो चन्दा,
जे सकिन्छ त्यति योगदान दिऔँ।
कुलत र दुर्व्यसनविरुद्धको
यस लडाइँमा
सबै सहभागी बनौँ,
स्वस्थ भविष्यका लागि
साझा संकल्प गरौँ—
हरेक नागरिक र देश
बनाउन र बचाउन।
किन डराउने दिन ?
आज होइन भने कहिले ?
हामी होइन भने को ?

चेतना नेपाल

















