हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता १ वर्ष अगाडि

कविता : “गङ्गाजल”

कविता : “गङ्गाजल

Advertisement

उसले छेउको गिलास उठायो
गिलासमा रहेको रक्सीको
एक सुर्को चुस्की लियो
अनि बोल्यो
“यो गङ्गाजल हो,
खाएपछि
सबैले पाप देखि पुण्य
आचरण देखि धर्म
विकास देखि सिद्धान्त
सबैका कुरा गर्दछन
अनि पाप पखाल्दछन्”।
अनि उसले गङ्गाजल
आफ्नै पेटमा अभिषेक गर्यो
र बोल्यो “एक आहुति” ।

Advertisement

✍️अर्जुन दाहाल
गाैरादह–३, झापा

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)