हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कविता “जीन्दगी”

कविता “जीन्दगी”

Advertisement

चक्रव्यूही पर्वतको त्यो गाउँमा
सघन कालो बादलको छायामा,

Advertisement

विरानमा मृत्यु लाई हुँकार गर्दै
पथ बनाउँदै गरेको यो जीन्दगी,

सुदुर छन मेरा सारा कल्पनाहरु
निकट हुँदैछ क्षणभंगुर जीन्दगी,

जुन जब आकाशमा तैरी रहन्छ
अधिष्ठाता संग गरी रह्यो बन्दगी,

भ्रम हैन यो जीर्ण जंजीर नै हो
निर्जीव कला तस्वीर पनि त हो,

प्राण रहित लान्छन नै अर्थीमा
मुस्कान भरीएको मेरो जीन्दगी,

सपनामा उ संग सम्बन्ध थियो
समयको गति तब मन्द थियो,

आज जब प्रत्यक्षीकरण भैरहँदा
सत्य निकट आउँछ यो जीन्दगी,

तिमी अंधकार लाई जुन मान्दछौ
अनि होलीका लाई दीपमालिका,

तर, यहाँ नवयुगको प्रस्फुटन हुँदै
जगमगाई रहेछ सम्पूर्ण जीन्दगी,

आज न आशा छ न त विश्वास नै
धरती मात्र हैन आकाश माथी नि,

तरंगित हुन्छ जब माधुर्य संगीत
गुनगुनाई रहेछ यही यो जीन्दगी,

चक्रव्यूही पर्वतको त्यो गाउँमा
सघन कालो बादलको छायामा,

विरानमा मृत्यु लाई हुँकार गर्दै
पथ बनाउँदै गरेको यो जीन्दगी।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)