हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता २ वर्ष अगाडि

कविता: “म कसरी सम्झौ तिमीलाई !?”

कविता: “म कसरी सम्झौ तिमीलाई !?”

Advertisement

म राणा तिमीलाई सम्झन्छु
तिम्रो शासन जहानिया थियो
तिम्रो शासन कालम राणा परिवार मोटाए
नेपाली जनताहरुलाई खै त के दियौं!?
त्यसैले इतिहासका पानाहरु पल्टाएर
म तिमीलाई सम्झन्छु!!!
राणा शासन जहानिया एक तन्त्री भयो भनेर फाल्यौ
निरङ्कुश पन्चायती व्यवस्थालाई काध हाल्यौ
पन्चायत राणा शासन भन्दा अझ क्रूर बन्यो
जनताहरुको आवाजलाई अराष्ट्रिय तत्व भन्यो
पन्चहरु भने दिनानुदिन झन्झन् मोटाए
त्यस विरुद्धमा जन आवाज गुन्जियो
राम थापाको छातीमा गोली लाग्यो ढले
भनिन्छ मण्डले द्वारा गोली हानियो
इन कलाब जिन्दावाद भन्दै सहिद बने
मण्डलले विद्यार्थीको नेतृत्व गर्ने
वर्तमान राजावादी दलका अध्यक्ष थिए
पन्चायत त्यसैले म कसरी सम्झौ तिमीलाई!
बाले पन्चायत विरुद्ध आन्दोलनको बिलकु फुक्नु भो
हजारौं जनताहरु आन्दोलनमा सडकमा उत्रिए
पन्चायतले दवाउन हजारौंलाई सहिद बनायो
बाले भ्रष्टाचार विरुद्ध चर्का नाराहरु लाउनु भो
गरिब गरिबीको नारा दिनु भो
दलित उत्पीडित महिला आदि वर्गको प्रतिनिधित्व गर्नु भो
आन्दोलनले निरङ्कुश पन्चायती व्यवस्था ढल्यो
इन कलाब जिन्दावादको नारा घन्कियो
लोकतान्त्रिक तन्त्रको उदय भयो!
लोकतन्त्र आयो बोल्नलाई मज्जाले नै पायो
शिक्षा स्वास्थमा यातायातमा छ्लाङ मार्‍यो
यो पनि सधैं शिशु मात्रै भयो भनेर
बयस्क गणतन्त्र हालियो
गाउँ गाउँमा सिंहदरबारका नारा फालियो
देशको राजधानी रुकुम रोल्पामा हालियो
देशमा जातीय राज्यहरुका पासा फालियो
यसलाई स्वस्थ तन्दुरुस्त बनौनका लागि
जंगली धामीझाँक्री ओझा बिजुवा हालियो
गरिबीको रोगको कारण पत्ता लागेन
उल्टै भ्रष्टाचार र सुनका डल्ला बोक्न थालियो
कुर्सी र पलङमा मात्रै आँखा लाउन थालियो
बा आफैं भ्रष्टाचारको दलदलमा फस्न्नु भो
एक राजा फाल्यौ हजारौं राजा पाल्यौ
गणतन्त्र तिमीलाई कसरी सम्झौ म!?

Advertisement

✍ राज कुमार कार्की
मे न पा-१५, झापा।
धन्यवाद।
शुभ बिहानी ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)