हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ३ वर्ष अगाडि

कविता : “म खाडीको बालुवा”

कविता : “म खाडीको बालुवा”

Advertisement

म देशको , युवा हो कि ?
म खाडीको , बालुवा हु।
म फक्रदै गरेको , फुल हु कि?
म ओईलाएको , पालुवा हु।।

Advertisement

चिन्न सकेन , देशले मलाई
म लडी रहे .. नदि भरी ।
कतै खडेरी , त कतै मरुभूमि
ब्यथा लिई रहे , मुटु भरी।।

म जन्मे , बिदेशीका लागि कि?
म बालुवा , नदीको भार हु।
थेग्न नसकेर , होला देशमा
म युवा , देशकै लाचार हु ।।

म यदि बालुवा , भए बिदेशमा
मलाई सुन , कसरी बनायो?
मेरै गुण , मेरै योग्यतालाई जाँची
महलहरु , कसरी? ठडायो।।

मै देशको , घाडो भए कि?
म युवा , सत्ताकै दलुवा हु ।
म फक्रदै गरेको , फुल हु कि ?
म ओईलाएको , पालुवा हु ।।

 

जोगेन्द्र प्रसाद राजवंशी 
कचनकवल :- ३, दल्की झापा
हाल :- मलेसिया , पोर्ट केलाङ्ग

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)