हल्दिबारी डटकम
Hover Ad Article
कला / साहित्य / चलचित्र
हल्दिबारी संवाददाता ६ वर्ष अगाडि

कविता : “रहर”

हरियो चुरा अनि हातमा
उसकै नाउको मेहन्दी लाउने
मन छ।

Advertisement

साउन भरी कै चारै सोमबार
चोखो नितो गरि व्रत बसी
शिव मन्दिर धाउने मन छ।

Advertisement

कहिले हरिया ,राता,पहेला
रङीचङी कपडा सजिएर
सारै राम्री हुन मन छ।

वर्सौदेखि हो मैले मेरो मन राजा
भेटाइ दिन शिवजी सित प्रार्थना गरेको
आज भेटे दिल खोलेर चिनाइ दिन मन छ।

जसरी माता पार्वतीले ,महादेव स्वामी पाउन
कठोर व्रत गरेकी थिइन त्यसै गरि
सातै जन्म सङै हुन तिम्रो लागि
व्रत बस्ने रहर छ।

अंशु कार्की
मकवानपुर

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)