काठमाडौं- सत्तारुढ नेपाली कांग्रेसको चौधौं महाधिवेशन तोकिएको समयमा हुने सम्भावना कम छ । कांग्रेसका नेताहरुको लगातारको बैठकले यस बिषयमा अझै सहमति जुटाउन सकिरहेका छैनन् ।

बिहिबारदेखि चलिरहेको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको मितिबारे नेताहरूको विभिन्न धारणाहरु आइरहेका छन् । क्रियाशील सदस्यसम्बन्धी विवादका कारण कार्यतालिका प्रभावित भएपछि पार्टीमा दुई धार देखिएका छन् ।

नेता रामचन्द्र पौडेल पक्षले पार्टीलाई वैधानिक सङ्कटमा पर्न नदिन भदौ २३ अघि महाधिवेशन प्रक्रिया थाल्नुपर्ने बताएका छन् । यस्तै संस्थापन पक्षले भने मंसिरसम्म पुर्याउनुपर्ने बताउदै आएका छन् । पार्टी विधान अनुसार चार वर्षमा गर्नुपर्ने महाधिवेशन अझै अनिश्चित बनेको छ ।

पार्टीभित्र सहमति जुट्न नसक्दा भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन अनिश्चित भएको हो । महाधिवेशनकै बिषयमा छलफल गर्न आज पनि छलफल गर्न पार्टी केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ ।

सभापति शेरबहादुर देउवाको सभापतित्वमा सभापतिको निजी निवास, वुढानिलकण्ठमा शुक्रबार बसेको बैठकमा उपसभापति विमलेन्द्र निधिले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काले बैठकको प्रारम्भमा विभिन्न प्रस्तावहरु प्रस्तुत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार