हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कांग्रेसको १४औं महाधिवेशनको संशोधित कार्यतालिका पारित

बिनोद कुमार दाहाल – काठमाण्डाँ । नेपाली कांग्रेसको आज बसेको केन्द्रिय कार्यसमितिको बैठकले १४औं महाधिवेशनको संशोधित कार्यतालिकालाई पारित गरेको छ ।सभापति शेर बहादुर देउवाले राखेको महाधिवेशनको संशोधित कार्यतालिकालाई पार्टी कार्यालय सानेपामा आज शुक्रबार बसेको बैठकले पारित गरेको हो ।

Advertisement

संशोधित कार्यतालिका अनुसार पार्टीको केन्द्रीय महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने तय भएको छ । साथै साउन १२ गते भने वडा अधिवेशन सुरु हुने छ । साउन १६ मा गाउँ र नगर अधिवेशन र साउन २० गते प्रदेश क्षेत्रीय अधिवेशन गर्ने प्रस्ताव उल्लेख गरिएको थियो

Advertisement

बैठकले संसद विघटन पछि लोकतन्त्रको मुल्यमान्यता कमजोर भएको पनि निष्कर्षमा निकालेको छ । जसको पाँच दलीय बिपक्षी गठबन्धनलाई मजबुद बनाउनुपर्ने पनि निणर्य निकालेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)