राजनीति
हल्दिबारी संवाददाता ५ वर्ष अगाडि

कांग्रेस केन्द्रीय समिति बैठकले गर्यो यस्तो निर्णय

नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको संयोजकत्वमा महाधिवेशन आयोजक मूल समिति गठन गरेको छ । सभापति देउवाको निवास बूढानीलकण्ठमा आइतबार बसेको केन्द्रीय समिति बैठकले देउवाको संयोजकत्वमा केन्द्रीय समितिका सबै र संसदीय दलका पदाधिकारी तथा प्रदेश संसदीय दलका नेताहरू रहनेगरी महाधिवेशन आयोजक समिति गठन गरेको हो ।

Advertisement

बैठकले आर्थिक समितिको संयोजक संचार तथा सूचना प्रविधि मन्त्रीसमेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्र कार्कीलाई तोकेको छ भने विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिको संयोजकमा सहमहामन्त्री डा प्रकाशशरण महतलाई तोकेको छ ।

Advertisement

यस्तै, पार्टीको प्रचार विभाग समितिका प्रमुखसमेत रहको प्रवक्ता विश्वप्रकाशशर्मालाई महाधिवेशन प्रचार–प्रसार समितिको संयोजक तोकेको छ । बैठकले महाधिवेशनका प्रतिनिधि तथा पाहुनाहरूका लागि आवास तथा भोजन व्यवस्थापन समिति संयोजकमा केन्द्रीय सस्दस्य सुरेन्द्र पाण्डेलाई तोकेको छ ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)

हल्दिबारी डटकम
Hover Ad Article