काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमबार काठमाडौं महानगरपालिका वडा नं ३० को कांग्रेस कार्यकर्ता भेलामा थापाले यस्तो घोषणा गरे।

उनले भने, ‘हामी १४ औं महाधिवेशनको प्रारम्भमा छौं । मैले यो भन्दा अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिष्पर्धा गरेँ । मेरो वडाका अग्रज र मेरो साथीहरूको बीचमा गौरवका साथ १ ४ औं अधिवेशनमा म नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी घोषणा गर्छु ।’ थापा यसअघि पनि महामन्त्रीका उम्मेदवार थिए ।

कांग्रेसको कृष्णप्रसाद सिटौलाको खेमाबाट उठेका थापा पराजित भएका थिए। यस पटक सर्वसम्मत रुपमा चयन हुने प्रयत्न गर्ने थापाले बताए। नेपाली कांग्रेसले मंसिर ९–१३ मा १४ औं महाधिवेशन गर्ने घोषणा गरेको छ।