काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र नीधिले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेद्वारी दिने घोषणा गर्दै महाधिवेशन केन्द्रित गतिविधिमा अघि बढेका छन् । उपसभापति नीधि नेतृत्वको दाबी गर्दै अघि बढे पछि पुनः नेतृत्व दोहोर्याउन चाहेका सभापति शेरवहादुर देउवा अप्ठेरोमा परेका छन् । निधिले शुक्रबारबाट काठमाडौंमा सम्पर्क कार्यालय सञ्चालनमा ल्याएका छन् । सभापतिमा उम्मेदवारी घोषणा गरिसकेकाले सम्पर्क कार्यालय खोलेर काम अघि बढाएको उनले जानकारी दिए ।

निधिले शुक्रबार थापागाउँस्थित बानेश्वर ब्यांक्वेटमा आफ्नो सम्पर्क कार्यालय स्थापना गरेका हुन् । लामो समय सभापति शेरबहादुर देउवाको निकट रहेर काम गरेका निधि आसन्न महाधिवेशनमा देउवालाई नै चुनौती दिने गरी अगाडि बढेका छन् ।

उनले शुक्रबार सम्पर्क कार्यालय स्थापना गर्नुअघि पशुपतिनाथ मन्दिरलगायतका पुजारीको आशिर्वाद लिएका छन् । निधिले पशुपतिनाथ, जानकी, दक्षिणकाली, बंगलामुखी, डोल्श्वर लगायत विभिन्न पबित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट बिहान बानेश्वर थापागाउँस्थित सम्पर्क कार्यालयमा आशिर्वाद लिएका हुन् । निधिले सम्पर्क कार्यालयमार्फत महाधविशेनका सम्पूर्ण तयारीको समन्वय गर्ने र दैनिक कार्यालयमा उपस्थित हुनेछन् ।
देउवा समुहभित्रका प्रभावशाली नेता नीधिले सभापतिको उमेदद्वारी दिने घोषणा यसअघि नै गरेका थिए । १३ औं महाधिवेशनमा देउवालाई सभापति बनाउन महत्वपुर्ण भुमिका निभाएका नीधिलाई अहिले सम्म देउवाको साथ भने छैन ।१४ औं अधिवेशनम काग्रेस भित्र मुख्य गरि तीन गुट क्रियाशिल छ ।
एउटा संस्थापन पक्ष अथवा देउवा पक्ष । दोस्रो वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र तेस्रो नेता कृष्णप्रसाद सिटौला पक्ष । तीन गुट मध्य सबैभन्दा बलियो रहेको संस्थापन पक्ष विभाजित भए संगै पौडेल पक्ष बलियो रुपमा अघि बढ्ने देखिन्छ ।