काठमाडाैं । स्वतन्त्र तथा वैकल्पिक राजनीतिकर्मीकाे काठमाडाैंमा भेला बसेकाे छ । शुक्रबार बसेकाे भेलाले आगामी प्रदेश सभा र संघकाे निर्वाचनमा सँगै जाने निर्णय गरेकाे छ ।

आगामी निर्वाचनमा सहकार्य गरेर कसरी अघि बढ्ने विषयमा भेलाले छलफल गरेकाे हाे । एउटै चुनाव चिन्ह लिएर कसरी अघि बढ्ने विषयमा केन्द्रित रहेर छलफल अघि बढेकाे थियाे । भेलामा नेपाल सुशासन पार्टी, उन्नत लाेकतन्त्र पार्टी, नेपाल आमा पार्टी, हाम्राे नेपाल पार्टी, नेपाल विवेकशिल पार्टी, सचेत नेपाल, आम नेपाली पार्टीका अभियन्ताहरु छलफलमा सहभागी भएका थिए । आइसिसि, चंगेर मेकर लिग, अटेरी अभियानका अभियन्ताहरु भेलामा सामेल थिए ।

छलफलमा स्वागत नेपालका रमेश खरेलले वैकल्पिक शक्ति मिलेर अघि बढ्नुकाे विकल्प नरहेकाे बताएका थिए । यस्तै स्वागत नेपालले सबैले आ आफ्नाे घमण्ड छाेडेर आउनु पर्ने बताएका थिए । अटेरी अभियानका हरि कार्कीले वैकल्पिक शक्ति एकजुट नभए पूरानै पार्टीलाई फाइदा हुने बताएका थिए ।

आगामी चुनावमा एलाइन्स गरेर साझा उम्मेदवार, साझा चुनाव चिन्ह र साझा घाेषणापत्र बनाएर जाने विषयमा छलफल गरिएकाे थियाे ।

स्वतन्त्र राजनीतिक अभियानमा साथै रहेका अन्य अभियन्ताहरुसँग ९ गते काठमाडाैंकाे हार्दिक हाेटलमा विशेष भेला थप अभियन्ताकासाथ गरिने अभियानकर्मीहरुले बताएका छन् । याे भेलाकाे संयाेजन अटेरी अभियानले गरेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
+1
0

+1
0

+1
0

+1
0

+1
0

+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार