हल्दिबारी डटकम
Hover Ad Article
प्रवास
हल्दिबारी संवाददाता ७ वर्ष अगाडि

काठमाडौंका विभिन्न ठाउँमा एनआरएनएले सार्वजनिक शौचालय बनाउदै

काठमाडौ । गैरआवासीय नेपाली संघ ,एनआरएनए,ले काठमाडौंका विभिन्न ठाउँमा सार्वजनिक शौचालय बनाउने प्रक्रिया अगाडि बढाएको छ । संघले उपत्यकाका विभिन्न चोकमा बनाउन थालेका शौचालयको प्रारम्भिक ढाँचा पनि सार्वजनिक गरेको छ ।

Advertisement

संघका अध्यक्ष कुमार पन्तले शौचालयको प्रारम्भिक ढाँचा सार्वजनिक गर्दै सबैसँग सुझाव, प्रविधि वा नवीन उपाय दिन आग्रह गरेका छन् । उनले एनआरएनए सबैसँग हातेमालो गर्न तयार रहेको जनाएका छन् ।

Advertisement

राजधानीमा हरेक वर्ष बढ्दो जनसंख्या र सार्वजनिक शौचालयको अभावले गर्दा जनताले भोगेको सास्तीलाई अनुभूत गरेर गैरआवासीय नेपाली संघले सार्वजनिक शौचालय निर्माण गर्ने निधो गरेको अध्यक्ष पन्तले जनाएका छन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)