हल्दिबारी डटकम
Hover Ad Article
राजनीति
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

काठमाडौंमा बालेन १०,६९१ मत अन्तरले अगाडी

शनिबारदेखि जारी मतगणनामा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता लिइरहेका छन् । पछिल्लो मत परिणाम अनुसार बालेनले २१ हजार ८१५ मत ल्याएका छन् ।

Advertisement

उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका केशव स्थापितले ११ हजार १२४ मत प्राप्त गरेका छन। स्थापित भन्दा बालेन १० हजार ६९१ मत अन्तरले अगाडी छन् । स्थापितलाई पछ्याउँदै नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार ३४१ मत ल्याएकी छिन् ।

Advertisement

त्यस्तै, उपप्रमुखमा एमालेकी सुनिता डंगोलले १९ हजार ९५६ मत ल्याएर अग्रता लिइरहेकी छिन् । भने उनलाई पछ्याउँदै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मत ल्याएका छन् । त्यस्तै, राप्रपाका बिनिता मगैयाले ३४ सय ४९ मत प्राप्त गरेकी छिन् ।

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)