हल्दिबारी डटकम
Hover Ad Article
खेलकुद
हल्दिबारी संवाददाता ४ वर्ष अगाडि

के कतार विश्वकपको फाइनलपछि मेस्सीले सन्यास लिन्छन् ?

कतार विश्वकपको फाइनल खेल रोचक बन्ने पक्का छ । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीको कप्तानीमा रहेको टिमले आज राती हुने खेलबाट आउने बिजेतासँग अन्तिम प्रतिस्पर्धा गर्ने क्षण निकै रोमाञ्चक बन्ने पक्का छ । हालसम्म विश्वकप उपाधि जित्न नसकेका मेस्सी आफ्नै कप्तानीमा यो पटकको विश्वकपमो उपाधि आफ्नो देशलाई दिलाउन चाहान्छन् । उनले अजेन्टिनी मिडिया आउटलेट डियारियो डिपोर्टिभो ओलेमा भने ‘मैले यो हासिल गर्न सफल भएकोमा, मेरो विश्वकप यात्रालाई फाइनलमा अन्तिम खेल खेलेर समाप्त गर्न लागेकोमा धेरै खुशी छु,’।

Advertisement

उनले भने ‘अब अर्को (विश्वकप) आउन धेरै वर्ष बाँकी छ र मलाई लाग्दैन कि म त्यो गर्न सक्नेछु । र, यसरी समाप्त गर्नु सर्वोत्कृष्ट हो ।’ उनको बयान अन्तर्राष्ट्रिय मिडियाले विश्वकपपछि सन्न्यास लिने संकेतको रुपमा विशेष स्थान दिएर छापेका छन् । मेस्सीले खेलेयता अर्जेन्टिना कोपा अमेरिकामा सन् २००७, २०१५, २०१६ र २०२१ मा फाइनल पुगेको छ भने विश्वकपमा २०१४ मा पनि फाइनल पुगेको थियो। अर्जेन्टिना सन् १९८६ यता विश्व च्याम्पियन बन्न सकेको छैन।

Advertisement

मेस्सीकै प्रेरणामा मंगलबार राती क्रोएसियालाई ३–० गोलले हराएर अर्जेन्टिना छैटौँपटक विश्वकपको फाइनल पुगेको थियो। मेस्सीले हालसम्म विश्वकप उपाधि जित्न सकेका छैनन्। अर्जेन्टिना सन् १९८६ यता विश्व च्याम्पियन बन्न सकेको छैन।

 

Advertisement

हल्दिबारी संवाददाता

लेखकका थप सामाग्री (See author's posts)

थप समाचार (More News)